
काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा घनश्याम भुसाललाई झलनाथ खनालले साथ दिनेहुनुभएको छ ।
काठमाडौँको डल्लुस्थित खनालनिवासमा आज भएको छलफलपछि यो सहमति जुटेको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य नरेशकुमार शाही सहभागी हुनुन्थ्यो । पार्टीमा पुस्तान्तरणको बहस चलाउँदै आएका भुसालका पक्षमा समर्थन जुटाउन यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए।
यसअघि खनाल आफै अध्यक्षमा उठ्ने बताइएको थियो। आजको छलफलपछि उहा अध्यक्षको दाबीबाट पछि हट्नुभएको हो ।






