Logo

एकीकृत समाजवादीको आइतबारबाट मेची-महाकाली जागरण अभियान



झापा, १३ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबारबाट मेची-महाकाली जागरण अभियान सुरु गर्ने भएको छ ।

समाजवादीले आइतबार मेची नदीबाट विशेष कार्यक्रमबाट अभियानको सुरुवात गर्ने भएको हो ।

अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा.विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको टोली शनिबार झापा आइपुगेको हो ।

अभियानको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

पार्टीका केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताए ।

असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्