काठमाडौँ, ११ असार । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।
भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, चुनावमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मन्त्री फेरबदलको विषयमा विवाद बढ्दै जाँदा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका भए पनि कार्यान्वयन भएको छैन ।







