Logo

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै



काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दैछ ।

उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पार्टीका महासचिव डा.वेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादकाविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्