Logo

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी



काठमाडौँ, १९ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक चलिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा रहेको उनले बताए ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्यूरो बैठक भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्