काठमाडौँ, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ ।
दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो ।
त्यसैगरी बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ ।
प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान भएपछि संसदीय दलको नेतृत्व छनोट गरिएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।







