Logo

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित



काठमाडौँ, १५ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उपमहासचिव खतिवडाका अनुसार अब सचिवालय बैठक साउन १९ गते बिहान ८ बजे बस्ने गरी बोलाइएको छ ।

यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकोमा ती सबै बैठक पनि प्राविधिक कारणले तयारी नपुगेको भन्दै सारिएको छ । अब २० र २१ गते भने स्थायी कमिटी बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्