Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौँ, २ भाद्र । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।

काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।

आइतबार र सोमबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै छ । यही भदौ ५ गतेदेखि केन्द्रीय कमिटीको बैठक सुरु हुँदै छ । त्यसैको तयारीका लागि सचिवालय बैठक बसेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्