काठमाडौँ, ४ असोज । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
पार्टी कार्यालय आलोकनगरमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।







