Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा छ ।

यसअघि भएको सहमति अनुसार बागमतीमा मुख्यमन्त्री पद छाड्नुपर्ने दबाब एकीकृत समाजवादीलाई छ । सहमति पालना नगरे अविश्वास प्रस्तावबाट भए पनि मुख्यमन्त्रीबाट राजेन्द्र पाण्डेलाई हटाउने तयारी सत्ताघटक कांग्रेस र माओवादीले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्