Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी रहेको छ ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी काँग्रेससहित आठ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्