काठमाडौँ, ५ चैत । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी रहेको छ ।
पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उक्त बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारको विषयमा छलफल हुने बताइएको छ ।







