काठमाडौँ, २९ असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए ।





