काठमाडौँ, २३ पुस । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाउने भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एसको भागमा दुई सिट परेको थियो । रिजाल बाग्मति र मल्लले कर्णालीबाट उम्मेदवारी दिनेछन् ।
नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार रिजाल दलित र मल्ल अन्य कोटाबाट उम्मेदवार बन्न लागेका हुन् । राष्ट्रिय सभामा १९ सिटमा हुने चुनावमा लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।







