काठमाडौँ, १३ असार । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले आफूहरूका माग सम्बोधन गर्ने ग्यारेण्टी भएपछि बजेटको पक्षमा उभिएको जानकारी दिए । समाजवादी पार्टीले बजेटमा आफूहरूका विषय नसमेटेको भन्दै असन्तुष्टि जनाइरहेको थियो ।







