काठमाडौँ, ४ पुस । नेकपा एकीकृत समाजवादी पार्टीले पनि नेता चयन गर्नका लागि आज संसदीय दलको बैठक बोलाएको छ ।
विहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने श्रम मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुवँरले जानकारी दिए ।
समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीको प्रत्यक्षमा १० सांसद निर्वाचित भएका छन् ।







