काठमाडौँ, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
बैठक माघ २१-२२ मा बस्ने पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरुको बैठक बस्दै गरिएका निर्णयलाई अनुमोदन गर्न बैठक बोलाइएको उनले बताए ।
विकसित परिस्थितिमा पार्टी संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्वपूर्ण निर्णय गरिने उनको भनाइ छ ।







