काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
उक्त बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।
बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।





