काठमाडौँ, १ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
काठमाडौँमा केन्द्रीय स्तरको र प्रदेश तथा जिल्लास्तरमा पार्टी कमिटीको अनुकूलता अनुसार कार्यक्रम गरिने प्रवक्ता खतिवडाले बताए ।
केही दिनअघि पार्टी परित्याग गरेका मुकुन्द न्यौपानेलगायतका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको पनि उनले जानकारी दिए ।