Logo

एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे अझै निर्णय लिन सकेन



काठमाडौँ, १९ पुस । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

आज सम्पन्न पार्टी पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो ।

थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र नागरिकको हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

त्यसैगरी बैठकले वामपन्थी पार्टीहरूबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्