Logo

एकीकृत समाजवादी र जसपाद्वारा ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव



विराटनगर, १७ फागुन । नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

एकीकृत समाजवादीका सांसद एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेका छन् ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्