Logo

एकैदिन ४५७ जनामा कोरोना सङ्क्रमण



झापा, २ साउन । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्