काठमाडौँ, १५ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ ।