Logo

एकैपटक ४० सहसचिवको सरुवा



काठमाण्डौ, ६ कात्तिक । सरकारले एकैपटक ४० जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ४० जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । सरुवा भएका सहसचिवहरूको नामावली र प्रस्तावित कार्यालयको सूची भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।

सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । उद्योग विभागबाट सहसचिव यज्ञराज कोइराला र भूमि व्यवस्थापन विभागबाट सहसचिव कृष्णप्रसाद सापकोटाको सरुवा राष्टिय योजना आयोगमा भएको छ ।

अर्थ मन्त्रालयमा रहनुभएका सहसचिव डिलाराम पन्थीलाई प्रदेश सचिव बनाएर लुम्बिनी प्रदेश पठाइएको छ । सहसचिवहरू श्रवणकुमार पोखरेल भूमि व्यवस्था मन्त्रालय, तायनारायण सुवेदी गृह मन्त्रालय, दीर्घबहादुर पोखरेल गृह मन्त्रालय र विनोद कुमार खड्काको गृह मन्त्रालयमा सरुवा भएको छ । राजेश्वर ज्ञवाली उद्योग मन्त्रालय, वीरेन्द्रकुमार महतो योजना आयोग, सुवासचन्द्र शिवाकोटी युवा तथा खेलकुद मन्त्रालय, बलराम निरौला राष्ट्रिय समावेशी आयोग, ईश्वरकुमार गिरी उद्योग मन्त्रालय, रामकुमार महतो मधेश प्रदेश, जयकुमार घिमिरे मधेश प्रदेश, राजेन्द्रदेव पाण्डे गण्डकी प्रदेश, जितेन्द्र बस्नेत उद्योग मन्त्रालय र नारायण अर्याल प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएको छ ।

उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल श्रम मन्त्रालय पुग्नुभएको छ भने सञ्चार मन्त्रालयबाट बाबुराम भण्डारी लुम्बिनी प्रदेश पुग्नुभएको छ । कोशहरि निरौला र मनमाया भट्टराईको सरुवा सञ्चार मन्त्रालयमा भएको छ । लामो समयदेखि सहसचिवहरूको नियमित सरुवा प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्