Logo

एक करोड २० लाख युक्रेनी विस्थापित



युक्रेन, २१ जेठ । रुसले आक्रमण सुरु गरेयता एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका छन् ।

रूसले यूक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार १०० दिन पुगेको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यो अवधिमा दुवै देशका सयौँं सैनिक मारिएका छन् भने यूक्रेनी शहर भग्नावशेषमा परिणत भएका छन् । ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । गत फेब्रुअरी २४ मा रुसले तीनतिरबाट युक्रेनमाथि आक्रमण थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्