Logo

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन: अध्यक्ष ओली



इलाम, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो नहुने बताएका छन् ।

इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनलाई कटाक्ष गर्दै ओलीले भने ‘आठ सूर्य सात छाप गठबन्धन पत्तासाफ भएको छ ।’ एक दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो नहुने बताए ।

माधव झलनाथलाई कटाक्ष गर्दै भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा एक २ वटा पात झरेर गयो भन्दैमा न रुख नांगा हुनेछ न पार्टी रितिनेछ । एक २ वटा फल कुहिएर झर्दा रुखलाई केही असर हुँदैन । एमाले लटरम्म फल लागेको पार्टी जस्तो तस्तै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्