Logo

एक बलमा १६ रन, यसरी बन्यो अनौठो कीर्तिमान



अस्ट्रेलिया, १० माघ । अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ । सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन् ।

यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ । होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो ।

होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन् । पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए । क्रिजमा स्टिभ स्मिथ थिए। उनले पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन् ।

जोएल पेरिसको तेस्रो बलमा स्मिथले छक्का प्रहार गरे । बलिङ गर्दै गर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेको अम्पायरले देखे र नो-बल दिए ।

अर्थात् गणना हुन बाँकी रहेको बलमै स्मिथले सात रन जोडे । पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए ।

पेरिसले यस पटक वाइड बलिङ गरे । त्यो बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो । तर दोस्रो पटक पनि बल गणना भएन । यस बेलासम्म गणना हुन बाँकी रहेको बलमै स्मिथले १२ रन बनाइसकेका थिए । उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरेका थिए । अर्थात्, स्मिथले वैध बलमा १६ रन बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्