Logo

‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन: राष्ट्रपति सी



चीन, १७ असार । अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।

विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हङकङ हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न चीन असफल भएको आरोप लगाएका थिए । ती आरोप अस्वीकार गर्दै हङकङ र बेइजिङले अराजकताबाट सुव्यवस्था पुनःस्थापना गर्न राष्ट्रिय सुरक्षा कानुन उपयोगी भएको दाबी गरेका थिए ।

हङकङ अर्धस्वायत्त चिनियाँ क्षेत्र बनेको २५ वर्ष पुगेको अवसरमा शुक्रबार भएको विशेष समारोहमा राष्ट्रपति सीले पश्चिमाहरूका आरोपको खण्डन गर्दै एक देश, दुई प्रणाली अन्तर्गत सञ्चालित हङकङलाई आफ्नै कानुन र सरकार बनाउने अधिकार रहेको बताए । खरानीबाट उठेको हङकङको विकास र समृद्धि आफ्नो प्राथमिकता भएको पनि उनले दोहो¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्