Logo

एक वर्षमा साढे पाँच सयभन्दा बढी विदेशी निष्कासित



काठमाडौँ, ११ फागुन । नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरू निष्कासित भएका छन् ।

नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको अवधि”सम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जानकारी दिएका छन् ।

उनीहरूका भनाइमा त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन् । त्यसबाहेक विभिन्न कसूरमा सजाय पाएका विदेशीलाई पनि “निश्चित अवधि नेपाल आउन नपाउनेगरी” फिर्ता पठाइएको छ ।

त्यसरी निष्कासनमा परेका विदेशीमा नेपालका सिमाना जोडिएका छिमेकी मुलुकदेखि विभिन्न तीन दर्जनभन्दा बढी देशका भएको अधिकारीहरूको भनाइ छ ।

उनीहरूलाई नेपालको अध्यागमन कानुनअनुसार निष्कासन गरेर त्यसको विवरण सुरक्षा निकायमा समेत पठाइएको अधिकारीहरूले बताए ।                                          बिबिसी न्यूजबाट

प्रतिक्रिया दिनुहोस्