Logo

एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध, स्थानीय अन्धाकारमा बस्न बाध्य



बैतडी, १६ साउन । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ ।

विद्युत् अवरुद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धाकारमा बस्न बाध्य भएका स्थानीय जनक सिंह ठगुन्नाले बताए ।

विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्