Logo

एघार जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा



काठमाडौँ, ६ वैशाख । सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ ।

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्