Logo

एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयो: भूसाल



बुटवल, २५ वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् ।

रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भूसालले कांग्रेस लामो इतिहास भएको पार्टी भए पनि आफ्ना एजेण्डा नभएको आरोप लगाएका छन् ।

‘कांग्रेसका आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनको साथ लिएर मत माग्न जान बाध्य भएको छ’ भूसालले भने, ‘नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक छ ।’

अहिले एमालेविरुद्ध सबै शक्ति मिलेकाले एमाले पनि एकजुट हुनुको विकल्प नभएको उनले बताए । एमालेले चुनाव जितेका क्षेत्र र पालिकामा नमुनायोग्य काम भएको भूसालले बताए ।

प्रतिक्रिया दिनुहोस्