Logo

एजेण्डा पारित गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक



काठमाडौँ, १७ साउन । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ
बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने तयारी गरेको छ ।

यसअघि पदाधिकारी बैठकमा छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि पदाधिकारी बैठकले अनुमोदन गर्न लागिएको हो ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्