Logo

एजेन्डा तय गर्न एमाले कार्यालय बैठक बस्दै



काठमाडौँ, २९ असार । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो । अध्यक्ष र उपाध्यक्षहरुबीच बुधबार र बिहीबार भएको छलफलमा पार्टीका तल्ला कमिटीहरूमा देखिएको गुटबन्दी चुनौतीका रूपमा रहेको ठहर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्