पोखरा, ५ साउन । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको छ ।
पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए ।
चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।







