काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ अधिवेशन काठमाडौँमा शुरु भएको छ ।
चार दिनसम्म चल्ने अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।
अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदैछन् । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।







