काठमाण्डाै, १२ फागुन । न्युराेड टिम (एनआरटी) लाई हराउँदै आयोजक टोली केपी ओली एफसी ‘केपी ओली कप’ फुटबलको सेमिफाइनलमा पुगेकाे छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोलले हरायो । केपी ओली एफसीका सुरज ज्यु ठकुरीले गोल गरे ।
अब केपी ओली एफसीले सेमिफाइनलमा मच्छिन्द्र एफसी र भुटानकाे एफसी ट्रान्सपाेर्ट युनाइटेडसँग खेल्नेछ । यस्तै आज भएकाे पहिलाे नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, २ विदेशी र १ आयोजक गरी ९ वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।