Logo

एनआरटीलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा



काठमाडौँ, २३ वैशाख । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

ललितपुरको  च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गरे भने सुशील शाहले एक गोल गरेका थिए ।

एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । चर्च ब्वाइज १५ खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १७ अङ्कसहित एनआरटी दशौँ स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि सातदोबाटो २३ अङ्कसहित चौथो र मनाङ १९ अङ्कसहित नवौँ स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्