Logo

एनआरटीलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा



झापा, २२ फागुन । चर्च ब्वाइज युनाइटेड क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ ।

बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको आजको खेलमा न्यूरोड टिम एनआरटीलाई १-० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरेका थिए ।

यो जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ । चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।

आजको खेलमा ‘म्यान अफ द म्याच’ चर्च ब्वाइजको गोलका लागि उत्कृष्ट पास निकाल्ने सञ्जित राई भए । उनले नगद रु ११ हजार प्राप्त गरे । बुधबारको खेल ए डिभिजन लिगको दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजक झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्