Logo

एनपिएलः जनकपुर–चितवन भिडन्तले प्लेअफ समीकरण बदल्ने, साँझ कर्णाली–पोखराको संघर्ष



काठमाडौं, १६ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा मङ्गलबार दुई खेल हुनेछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ११:४५ बजे पहिलो खेल सुरु हुनेछ, जहाँ साविकको विजेता जनकपुर बोल्ट्स चितवन राइनोजसँग भिड्नेछ।

लगातार चार खेल हारेपछि जनकपुर अब प्लेअफ सम्भावना जोगाइराख्न अनिवार्य रूपमा जित्नै पर्ने अवस्थामा छ। चितवन राइनोज भने दुई जितसहित प्लेअफ सम्भावना मजबुत बनाउने लक्ष्यसहित मैदान उत्रनेछ।

दोस्रो खेल अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ। दुवै टोली प्लेअफ समीकरणमा टिकिरहने उद्देश्यले मैदान प्रवेश गर्दैछन्।

एक मात्र जितसहित पोखरालाई आजको खेल महत्वपूर्ण छ भने कर्णालीका लागि पनि जितले प्लेअफ यात्रा सहज बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्