Logo

एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने



काठमाडौं, २१ साउन । नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४ सय ५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।

ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।

यस्तै बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको क्यानले जनाएको छ । अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ। ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्यूनतम १० लाख-अधिकतम १५ लाख रहँदा श्रेणी ‘बी’ न्यूनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म र श्रेणी ‘सी’ न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख सम्म रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्