काठमाडौं, १ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुरक्षा व्यवस्था र अन्तिम तयारीबारे ब्रिफिङ गरेका छन् ।
काठमाडौंका सीडीओ ईश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापासँगको बैठकमा उनले खेल अवधिभर सुरक्षा कडाइका साथ व्यवस्थापन गर्न निर्देशन दिए ।
विशेषगरी यस पटक राति पनि खेल हुने भएकाले सुरक्षा थप मजबुत र सतर्क बनाउन उनले आग्रह गरेका छन् ।
यसअघि क्यानले उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले समर्थकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरिसकेको छ ।







