Logo

एनपीएल : आज ‘दुई कुशल’ र ‘करण–दीपेन्द्र’को कप्तानी भिडन्त, पोखरा–काठमाडौँ र सुदूरपश्चिम–चितवन आमनेसामने



काठमाडौं, १८ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा तय गरिएको छ।

पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले सम्हालिरहेका छन् भने काठमाण्डु गोर्खाजलाई करण केसीले नेतृत्व दिइरहेका छन्। यसैगरी सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् भने चितवन राइनोजका कप्तान कुशल मल्ल हुन्। आजको खेलमा ‘दुई कुशल’ तथा ‘करण–दीपेन्द्र’को कप्तानी भिडन्तले थप रोचकता ल्याउने अपेक्षा गरिएको छ।

पाँच खेलबाट जम्मा चार अंक हासिल गरेको पोखरालाई प्लेअफ दौडमा टिका रहन जित अपरिहार्य छ। काठमाण्डुले भने छ खेलबाट आठ अंक जोड्दै बलियो स्थिति बनाएको छ।

पहिलो चरणमै प्लेअफ सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्स आज प्लेअफका लागि संघर्षरत चितवन राइनोजसँग भिड्नेछ। चितवनका लागि आजको खेल निर्णायक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्