काठमाडौँ, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे र दिउँसो एक बजे रोचक दुई भिडन्त हुन लागेका हुन्।
पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दैछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ।
जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।त्यस्तै, शनिको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ।
कर्णाली याक्सले तीन खेल खेलेको छ। जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो।
कुन टिमको खेल कहिले ?
मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम
मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर
मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी
मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन
मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी
मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा
मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम
मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी
मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर
मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर
मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली
मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन
मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा
मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन
मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर
मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम
पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली
पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)
पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)
पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)
पुस ६ गते – १२:१५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)