Logo

एनपीएल: लुम्बिनी लायन्स प्लेअफमा प्रवेश, जनकपुर बोल्ट्स ४ विकेटले पराजित



काठमाडौं, १९ मंसिर । एनपीएल सिजन-२ अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको छ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए।

यससँगै प्लेअफमा स्थान बनाउने टोली टुंगो लागेको छ। सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले पहिले नै प्लेअफ प्रवेश गरिसकेका छन्।

पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् भने कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्