काठमाडौँ, १३ जेष्ठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा तीनसहित ५४ जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताको अन्तिम दिन बिहीबार राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए ।
योसहित एन्फाको २१ सदस्यीय कार्यसमितिमा ५४ जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल रहेको छ ।