पोखरा, २० पुस । साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा एपीएफलाई चार-एक गोलले हराउँदै सङ्कटा उपाधि नजिकै पुगेको हो ।
सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुई-दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काएका थिए ।
दोस्रो सेमिफाइनलमा बिहीवार अमेरिकी टोली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।





