Logo

एफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै



काठमाडौं, ८ कात्तिक । एफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज साबिक विजेता जापानसँग खेल्दैछ ।

खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार अहिले बिहान पौने ७ बजे शुरु हुनेछ । नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् ।

प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्