Logo

‘एमसिसी परियोजनालाई विशुद्ध आर्थिक सहयोगका रुपमा लिएका छौं’



सुर्खेत, १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताएका छन् ।

बिहीबार समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेता नेपालले एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन नहुने बताएका हुन् ।

‘हामीले एमसिसी पास गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणा अघि सारेका छौं । यसलाई अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्छ ।’ नेपालले भने,‘एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिनु हुँदैन । हामीले विशुद्ध आार्थिक सहयोग सम्झौताको रुपमा लिएका छौं ।’

उनले नेपालमा कलकारखाना तथा उद्योग खोल्न विदेशी पूँजी आउँछ भने पनि स्वागत गर्न तयार रहेको बताए । ‘तर त्यसका लागि अनुचित शर्त र सम्झौता स्वीकार्य छैन ।’ नेपालले भने ।

उनले नेपालमा अरु कसैको मनपरी नचल्ने भन्दै नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि नदिइने बताए । अर्को प्रसङ्गमा उनले सरकार कसैले ढाल्न नसक्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्