Logo

एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ: सभामुख



काठमाडौँ, १६ भदौ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका हुन् ।

उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी देशबाट हुने फाइदा कसरी धेरै लिने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि नागरिकलाई बुझाएर राष्ट्र र नागरिकको हितमा प्रयोग गर्न आग्रह गरेका थिए ।

उनले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए । उनले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्